बाढीले हुलाकी सडक बगायो


धनगढी : कैलालीको कान्द्रा नदीमा आएको बाढीले हुलाकी सडक बगाएको छ ।

अविरल वर्षासँगै आएको बाढीले भजनी नगरपालिका ५ लालबोझीस्थित हुलाकी सडकमा क्षति पु-याएको हुलाकी सडक योजना कार्यालय धनगढीले जनाएको छ ।

हुलाकी सडक योजना कार्यालयका इन्जिनियर पदमबहादुर मडैका अनुसार लालबोझीमा एक सय मिटर सडक बाढीले बगाएको छ । हुलाकी सडक अन्तर्गत धनगढी-टीकापुर खण्डमा पर्ने उक्त सडकमा नदी कटानकै जोखिमका कारण कालोपत्रे नगरिएको उनले बताए ।

उनका अनुसार नदीमा तटबन्ध नगरिएका कारण बाढीले सडक बगाएको छ । – अनलाइनखबर

प्रकाशित : २०७८ श्रावण ३१, आईतवार १६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ