सर्लाहीको बागमती मोडेल अस्पताल म्याद गुज्रेको औषधि बेच्दै !


सर्लाही : सर्लाहीमा एक अस्पतालले बिरामीलाई म्याद गुज्रिएको औषधि बिक्री गरेको पाइएको छ ।

बागमती नगरपालिका १२ स्थित वीरगोर्खाली चोकमा रहेको बागमती मोडेल अस्पतालले बिरामीलाई म्याद गुज्रिएको औषधि दिएको खुलासा भएको हो । गत साउन २१ गते मोटरसाईकल दुर्घटनामा परेर उपचारका लागि अस्पताल पुगेका एक जना बिरामीलाई उपचारपश्चात अस्पतालभित्रै संचालनमा रहेको फार्मेसीबाट म्याद गुज्रिएको औषधि दिइएको छ ।

हरिवन नगरपालिका ३, सासापुर निवासी मिलन लामाले दुर्घटनामा परेर घाईते भएको आफूलाई अस्पतालले म्याद गुज्रिएको औषधि दिएको गुनासो गरे । लामालाई अस्पतालले दिएको क्याल्सियम र भीटामिन डी–थ्री औषधिको म्याद गत अंग्रेजी मार्च महिनामै सकिएको थियो ।

यता, अस्पतालले भने फार्मेसीमा काम गर्ने कर्मचारीको गल्तीका कारण बिमारीलाई म्याद गुज्रिएको औषधी परेको स्वीकार गरेको छ । अस्पतालका डा. उपेन्द्र महतोले बिमारीको स्वास्थ्यमा खेलवाड गर्ने अस्पतालको मनसाय नभएको प्रतिक्रिया दिए ।

डा. महतोले औषधि दिँदा फार्मेसीका कर्मचारीबाट गल्ती भएको स्वीकारे ।

प्रकाशित : २०७८ श्रावण ३२, सोमबार ११:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ