महन्थ ठाकुरको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पक्षको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदैछ ।

न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । निर्वाचन आयोगले ११ साउनमा कार्यकारिणी समिति सदस्यको बहुमत संख्याको आधारमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ ।

ठाकुर निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने र आफूलगायत सम्पूर्ण सरोकारवालालाई अपूरणीय क्षति हुने भन्दै सर्वोच्च पुगेका थिए ।

प्रकाशित : २०७८ श्रावण ३२, सोमबार ११:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ