जनकपुरमा भयो भारी वर्षा, देशभर बिहीबारसम्म वर्षाको सम्भावना


काठमाडौं : मनसुनी वायु फेरि सक्रिय भएपछि अहिले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । जनकपुरमा विहान ४ बजेदेखि ७ बजेसम्म भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश नं १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।बिहीबारसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रकाशित : २०७८ भाद्र १, मंगलवार ०८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ