निर्मलालाई न्याय दे भन्दै साबीत्रीले गरिन् मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

कैलाली : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई छिट्टै कानुनी कठघरामा ल्याउनुपर्ने महिला अधिकारकर्मी सावित्री सुवेदीले बताएकी छन् ।

मंगलबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि मौन पर्दशन गर्दै उनले निर्मला घटनामा सरकारले कुनै चासो नदेखाएको आरोप लगाइन् । निर्मलाको हत्या भएको बर्षौ पुग्दा पनि सरकार मुखदर्शक बनेर बसेको उनले बताइन् ।

‘निर्मलालाई न्याय दे’, ‘मेरो शरीर मेरो अधिकार’ का प्लेकार्ड सहित सुवेदीले मुख्यमन्त्री कार्यालय अगाडि केही समय मौन प्रर्दशन गरिन् । निर्मला घटनाको तीन वर्ष पुरा भइसक्दा पनि न्याय नमिलेको र दिनदिनै छोरी चेली बलात्कार हुँदा पनि सरकार चुप रहेका कारण न्यायको माग गर्दै आफू फेरि धनगढी आएको उनले बताइन् ।

‘सरकार अहिले कानमा तेल हालेर बसेको छ’ उनले भनिन्, ‘जबसम्म निर्मलाले न्याय पाउँदिनन् तबसम्म हाम्रो आन्दोलन जारी रहने छ ।’ सरकारले बलात्कारीलाई फाँसी दिने कानून बनाउनु पर्ने र कानून नबनाएसम्म महिलाहरु चुप नबस्ने उनको भनाई छ ।

निर्मलाको २०७५ साउन १० मा बलात्कारपछि ह-त्या भएको थियो । त्यसको भोलिपल्ट उखुबारीमा उनको शव भेटिएको थियो ।

निर्मलालाई न्याय दे भन्दै साबीत्रीले गरिन् मुख्यमन्त्री कार्यालय अगाडि मौन प्रदर्शन

प्रकाशित : २०७८ भाद्र १, मंगलवार १२:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !

ताजा अपडेट

ट्रेन्डिङ