जसपा बैठकमा जनकपुरधामका मेयर लालकिशोर साह पनि सहभागी


काठमाडौं : जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समितिको प्रथम बैठकमा जनकपुरधामका मेयर लालकिशोर साह पनि सहभागी भएका छन् ।

तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित मेयर साह नेता राजेन्द्र महतो निकट थिए । उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएपछि मेयर साह केहिदिन मौन थिए ।

जनकपुरधाममा महन्थ ठाकुर पक्षले कार्यकर्ता भेला गर्दा उनी सहभागी भएका थिएनन् । राजपाबाटै निर्वाचित जनकपुरधामकी उपमेयर रिता मिश्र भने महन्थ ठाकुर पक्षमा खुलेकी छन् ।

प्रथम बैठकमा झन्डै ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरु सहभागी भएका छन् । आजको बैठकमा देशको बर्तमान राजनीतिक परिस्थिति र जसपाको कार्यदिशा सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित : २०७८ भाद्र १, मंगलवार १४:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ