Breaking- प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख मिश्रले लिए सपथ


काठमाडौं : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा मिश्रलाई मंगलबार संविधानको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना र प्रतिनिधिसभाको सभामुख अग्नि सापकोटा उपस्थित थिए । प्रदेश २ मा राजेश अहिराज झालाई हटाएर मिश्रलाई नियुक्त गरिएको छ ।

प्रकाशित : २०७८ भाद्र १, मंगलवार १५:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ