अफगानिस्तानबाट थप ६१ नेपाली काठमाडौं आइपुगे


काठमाडौं : अफगानिस्तानबाट उद्धार गरिएका ६१ जना नेपाली आज बिहान नेपाल आइपुगेका छन् ।

अफगानिस्तानको बेलायतको दूतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत ६१ जना नेपाली कतार एयरवेजबाट आज बिहान ९ बजेर १५ मिनेटमा नेपाल आइपुगेका हुन । अफगानिस्तानस्थित ब्रिटिस एम्बेसीमा कार्यरत ८६ नेपाली सुरक्षा गार्डमध्ये ६१ जनालाई बेलायतले उद्दार गरी नेपाल ल्याएको छ ।

बाँकी २५ जना अपरान्ह साँढे ४ बजे कतार एयरवेजमा आउने बताइएको छ । बिहान आएकालाई नेपालीलाई सामाखुसीस्थित राधा स्वामी सत्संग भवनमा लगेर एन्टीजेन परिक्षण गरिनेछ ।

रिपोर्ट नेगेटिभ आएकालाई घर पठाउने र पोजेटिभ आएकालाई आइसोलेसनमा राखिने तयारी भएको बताइएको छ । यससँगै हिजोबाट २ सय ४९ जना नेपाली स्वदेश फर्किएका छन् ।

प्रकाशित : २०७८ भाद्र २, बुधबार ११:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ