नवनियुक्त प्रदेश २ प्रमुख मिश्रद्वारा पदभार ग्रहण, स्वागतमा प्रतिस्पर्धा !


जनकपुरधाम : नवनियुक्त प्रदेश-२ का प्रमुख हरिशंकर मिश्र काठमाडौंबाट जनकपुरधाम आएपछि विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

मिश्रलाई स्वागत गर्न ठूलो संख्यामा नेपाली काँग्रेसका नेता कार्यकर्ता विमानस्थल पुगेका थिए । माला लगाउन नेता कार्यकर्ताहरूबीच प्रतिस्पर्था नै चल्यो । भीडबाट प्रदेश प्रमुख मिश्रलाई निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।

सोमबार शेरबहादुर देउवा सरकारले प्रदेश प्रमुख डा राजेश अहिराजलाई पदमुक्त गरी मिश्रलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका नवनियुक्त प्रदेश प्रमुख मिश्र आज मधेस भवन पुगेर पदभार ग्रहण गरे । महोत्तरी निवासी मिश्र नेपाली काँग्रेसका नेता एवम् पूर्व सांसद पनि हुन् ।

प्रकाशित : २०७८ भाद्र २, बुधबार १७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ