रेशम चौधरी महन्थ ठाकुरको पार्टीमा


काठमाडौं : जनता समाजवादी पार्टी पार्टी (जसपा) नेपालका नेता रेशम चौधरीले महन्थ ठाकुर पक्षलाई रोजेका छन् । हाल कारागारमा रहेका चौधरीले पार्टी विभाजनका बेला ठाकुर पक्षलाई रोजेका हुन् ।

पार्टी आधिकारिकता विवादमा ‘हेडकाउन्ट’ को बेला तटस्थ बसेका चौधरीले विभाजनका बेला भने ठाकुर पक्षलाई साथ दिएका छन् । नयाँ दल दर्ताका लागि ठाकुर पक्षले निर्वाचन आयोगमा बुझाइएको निवदेनमा चौधरीको पनि हस्ताक्षर रहेको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर जसपा लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सो पार्टीले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ भने दर्ता नम्बर ४३४ रहेको छ । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् ।

प्रकाशित : २०७८ भाद्र २, बुधबार १७:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ