राजविराजमा अध्यादेशको विरोधमा मसाल जुलुस


सप्तरी : दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट युवा संघ नेपालले सप्तरी सदरमुकाम राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार युवा संघले राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको हो । युवा संघका जिल्ला अध्यक्ष चितरञ्जन यादवको नेतृत्वमा युवाहरुले मसाल जुलुस निकालेका हुन् ।

नगरको विभिन्न भागमा मसाल जुलुस प्रदर्शन गर्दै स्थानीय जनआन्दोलन चोकमा पुगी कोणसभाको आयोजना गरिएको थियो ।

प्रकाशित : २०७८ भाद्र २, बुधबार १८:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ