अध्यादेश विरुद्ध जनकपुरमा अनेरास्ववियूले सडकमा टायर बाले


जनकपुरधाम : दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेका भातृ संगठन अनेरास्ववियूले जनकपुरमा टायर बालेर प्रदर्शन गरेको छ ।

आज साँझ अनेरास्ववियूका धनुषा अध्यक्ष आरपी अधिकारीको नेतृत्वमा टायर बालेर प्रदर्शन गरियो । प्रदर्शनकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध प्रदर्शन समेत गरे । मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै प्रदर्शन गरेको बताइएको छ।

बुधबार दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको छ ।

त्यस्तै जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको छ ।

प्रकाशित : २०७८ भाद्र २, बुधबार २०:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ