‘साइबर स्याल’ले फोटो इडिट गरेर फसाउन खोजे : विमला वली


काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली)ले फोटो इडिट गरेर आफ्नो चरित्र ह-त्या गर्न खोजेको (फसाउन खोजेको) बताएकी छन् ।

वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर फसाउन खोजेको उनले दावी गरेकी हुन् । बुधबार आफ्नो फेसबुक वालमा विज्ञप्ति पोष्ट गर्दै विमलाले राजनीतिक प्रतिशोध साँधेर आफ्नो चरित्रमाथि दाग लाग्ने गरी चरित्र ह-त्याको दुस्प्रयास गरेको उल्लेख गरेकी छन् ।

उनले यसमा संलग्नमाथि कारवाहीको माग गरेकी छन् । ‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र ह-त्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु,’ उनले भनेकी छन् । यस घटनाबारे आफूलाई केही थाहा नभएको र आफू अनविज्ञ भएको उनको भनाई छ ।

विमलाले बस्नेतको गालामा चुम्बन गरेको फोटो सामाजिक सन्जालमा भाइरल भएपछि उनले स्पष्टीकरण दिएकी हुन् । आफूले माओवादी पार्टी रोजेकै कारण आफूलाई फसाउन यो षड्यन्त्र गरेको पनि उनले बताईन् ।

यता वाइसीएल कार्यकर्ता बस्नेतले आफ्नो फेसबुक आइडी कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रम छर्न खोजेको बताएका छन् । उनले विमला वली नाताले आफ्नो दिदी भएकाले भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।

प्रकाशित : २०७८ भाद्र ३, बिहीबार १०:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ