प्रदीप गिरीको स्वास्थ्य बिग्रियो, मुम्बईको अस्पतालमा भर्ना


काठमाडौं : नेपाली काँग्रेसका बौद्धिक नेता एवं संघीय सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।

स्वास्थ्य बिग्रेपछि नेता गिरी भारतको मुम्बइस्थित हिन्दुजा अस्पतालमा भर्ना छन् । उनको उपचार जारी छ । उनलाई घांटीको क्यान्सर भएको आशंका छ ।

नेता गिरीलाई भेट्न उपसभापति बिमलेन्द्र निधि आज भारत जाँदै छन् । निधि जनकपुरबाट दरभंगासम्म सवारी साधनमा जाने र त्यहाँबाट जहाजमार्फत मुम्बई जाने बुझिएको छ ।

प्रकाशित : २०७८ भाद्र ३, बिहीबार १४:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ