वीरगञ्जमा ६ केजी चाँदीका गहनासहित साह पक्राउ


पर्सा : वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटबाट ६ केजी १ सय ६८ ग्राम चाँदीको गहनासहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले चाँदीको गहनासहित प्रसौनी गाउँपालिका ६ ठेगाना भएका ६० वर्षीय नागेन्द्र साह (सोनार)लाई बिहीबार बिहान पक्राउ गरेको हो । भारतबाट अवैध रुपमा चाँदीका गहना ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धातुको गहना सहित फेला पारी उनलाई पक्राउ गरेको छ ।

उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित : २०७८ भाद्र ३, बिहीबार १७:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ