नेपालमा कोरोनाः बिहीबार पनि ३३ जनाको मृत्यू, थपिए ३ हजार संक्रमित


काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकमा ३०७५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ४३८ नमुना ९११ हजार ९४६ पीसीआर र ४४९२ एन्टीजेन० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बिहीबार थप ३३ जनाको मृत्यु भएको छ । २१२६ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ४० हजार ५०० पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८६७ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ६३९, ललितपुरमा १२७ र भक्तपुरमा १०१ जना संक्रमित थपिएका छन् ।

कूल संक्रमित संख्या ७ लाख ४२ हजार पुगेको छ । कोभिडको कारण अहिलेसम्म १० हजार ४२९ जनाले ज्यान गुमाएका छन् । कूल निको हुने संख्या ६ लाख ९१ हजार छ ।

प्रकाशित : २०७८ भाद्र ३, बिहीबार १७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ