बारामा ब्रेक फेल भएर बस दुर्घटना : एकको मृत्यू, ८ जना घाइते


जनकपुरधाम : बारामा ब्रेक फेल भएर यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ भने ८ जना घाईते भएका छन् ।

ना. ६ ख. ४६४१ नम्बरको बस जितपुर सिमरा उपमहानगरपालिका २२ चुरियामाई नजिकै दुर्घटना भएको हो । बसको ब्रेक फेल भएर प्रदेश ०३ ००१ प ४११ नम्बरको मोटरसाइकलमा ठोक्किएपछि दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा बस चालक मकवानपुरको हेटौँडा कमानेका ४९ वर्षीय धर्मराज रेग्मीको मृत्यु भएको छ । बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार मोटरसाइकल चालक हेटौंडाकै इन्द्रबहादुर कार्की गम्भीर घाइते भएका छन् ।

मोटरसाइकल चालक कार्कीसहित बसमा सवार आठ जना घाईते भएका छन् । उनीहरुको उपचार हेटौंडामा भइरहेको डिएसपी मिश्रले जानकारी दिए । बस काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको थियो ।

प्रकाशित : २०७८ भाद्र ३, बिहीबार १७:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ