भदौं ७ र १७ गते सार्वजनिक विदा दिने सरकारको निर्णय


काठमाडौं : भदौं ७ र १४ गते सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

भदौं १४ गते कृष्ण जन्माष्टमी पर्छ । देशभर भव्य रुपमा कृष्ण जन्माष्टमी मनाइने गरिन्छ । मधेसमा त झन बढी रमझम हुन्छ । तर कोरोना संक्रमणको जोखिम रहेकाले यसवर्ष मेला लाग्न नदिने बताइएको छ ।

साथै सरकारले भदौ ७ गते परेको गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ । यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको छ ।

प्रकाशित : २०७८ भाद्र ३, बिहीबार १८:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ