थरूहट विद्रोहको ६ वर्ष : माइतीघरमा प्रदर्शन


काठमाडौं : थरुहट, थारुवान आन्दोलनको ६ वर्ष पुगेको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा गरिएको छ ।

थरुहट, थारुवान राष्ट्रिय मोर्चाको आयोजनामा बुधबारदेखि जारी प्रदर्शन शुक्रबारसम्म गरिने आयोजकले बताएका छन् । प्रदर्शन र धर्नामा सहभागीले सांसद रेशम चौधरीको रिहाइ गर्न, गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न, टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई रिहाइको माग गरेका छन् ।

प्रदर्शनमा कविता वाचनका साथ साथै शिल्पी थिएटरले नाटक पनि प्रदर्शन गरेको थियो । प्रदर्शनमा नागरिक आन्दोलनका अगुवासमेत सहभागी हुँदै आएका छन् ।

प्रकाशित : २०७८ भाद्र ३, बिहीबार १९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ