कक्षा ११ र १२ का विद्यार्थीलाई शुक्रबारदेखि कोरोना खोप


काठमाडौं : काठमाडौंमा शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज पाउने भएका छन् ।

१८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने भएको हो । सरकारका अनुसार ९ वटा अस्पतालबाट खोप लिन सकिनेछ ।

यस्तै, काठमाडौं महानगरका ३२ वटै वडा र नगरपालिकाको हकमा पालिकाले तोकेको केन्द्रबाट समेत खोप लगाउन सकिनेछ ।

प्रकाशित : २०७८ भाद्र ३, बिहीबार १९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ