जनकपुर : अध्यादेश खारेज गर भन्दै यूवा संघको प्रदर्शन


टुडेखोज, जनकपुरधाम : शेरबहादुर देउवा सरकारले जारी गरेको दल विभाजन सम्बन्धी अध्यादेश खारेजको माग राख्दै राष्ट्रिय यूवा संघ नेपालले जनकपुरधाममा प्रदर्शन गरेको छ ।

संघका केन्द्रीय उपाध्यक्ष संजीव झा ‘सुरज’को नेतृत्वमा अध्यादेश विरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले सरकार विरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले अध्यादेश फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

अध्यादेश जारी भएलगत्तै एमालेबाट फुटेर माधव नेपालले नेकपा एमाले (समाजवादी) र जसपा नेपालबाट फुटेर महन्थ ठाकुरले जसपा नेपाल (लोकतान्त्रिक) पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए ।

प्रकाशित : २०७८ भाद्र ३, बिहीबार १९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ