प्रधान सेनापति बन्दै प्रभुराम


काठमाडौं : सरकारले प्रभुराम शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका कायममुकायम प्रधान सेनापति शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार भदौ २५ गतेदेखि लागू हुने गरी शर्मा प्रधान सेनापति नियुक्त हुनेछन् ।

मन्त्रिपरिषद् बैठकले काठमाडौं–तराईरमधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न सहायक संरचनाहरुको निर्माण गर्न मकवानपुरका कालभैरव सामुदायिक वन र गौरीशंकर सामुदायिक वनमा ५.२२ हेक्टर थप वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुखहरु हटाउन स्वीकृति दिने निर्णय पनि गरेको छ ।

प्रकाशित : २०७८ भाद्र ३, बिहीबार २०:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ