बारामा गाँजासहित २ जना पक्राउ


कलैया : सात किलो लागुऔषध गाँजासहित प्रहरीले बाराको सिमराबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगर ८ का ४५ वर्षीय अमितकुमार कुर्मी र ५० वर्षीय वासुदेव महतो छन् ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी मनोजित कुँवरका अनुसार सूचनाका आधारमा चेकजाँच गर्दा उनिहरुलाई जितपुरसिमरा१५ स्थित दुधौरा खोलाको बगरबाट गाँजासहित पक्राउ गरिएको हो ।

अहिले पक्राउ परेका उनीहरुलाई लागुऔषध गाँजा शीर्षकमा मुद्धा दर्ता गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी कुँवरले जानकारी दिए ।

प्रकाशित : २०७८ भाद्र ४, शुक्रबार ०६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ