प्रदेश २ प्रमुख मिश्रलाई कमल थापाले भने- कायर आत्मसमर्पणवादी


जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्र पनि विवादमा तानिएका छन् । उनले कार्यकक्षबाट पृथ्वीनारायण शाहको तस्बिर हटाएपछि विवादमा तानिएका हुन् ।

सामाजिक सञ्जालमा मिश्रको अहिले आलोचना भइरहेको छ । कार्यकक्षबाट पृथ्वीनारायण शाहको तस्बिर हटाइएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई ‘कायर आत्मसमर्पणवादी’ भनेका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘हिन मानसिकता बोक्नेहरूले देशको स्वाभिमान, सार्वभौमिकता र एकता बलियो बनाउन सक्दैनन् । जसले नेपाली नाम र पहिचान दियो, जसको कारण आज पद प्रतिष्ठा पाएका छन्, त्यो महान व्यक्तित्व प्रति गर्व गर्न नसक्नेहरु कायर आत्मसमर्पणवादी हुन् ।’

चार वर्षमा प्रदेश २ मा चार प्रमुख नियुक्त भइसके । जसमध्ये सुरुका दुई प्रदेश प्रमुखले पृथ्वीनारायण शाहको तस्वीर राखेका थिएनन् । तर तेस्रो प्रदेश प्रमुख बनेका डा. राजेश अहिराज आफ्नो कार्यकक्षमा शाहको तस्वीर राखेको थियो ।

 

प्रकाशित : २०७८ भाद्र ४, शुक्रबार १३:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ