महन्थ पक्षले पार्टीको नाम सच्याए, अब ‘लोकतान्त्रिक समाजवादी पार्टी’


काठमाडौैं : महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा हिजो दर्ता गराएको जसपा नेपाल (लोकतान्त्रिक) नाम परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राख्ने भएको छ ।

पार्टी कार्यालय बबरमहलमा बसेको कार्यकारिणी समिति बैठकले पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय गरेको हो । पार्टीको चुनाव चिन्ह भने साइकल नै राख्ने बताइएको छ ।

कार्यकारिणी समिति सदस्य उमाशंकर अरगरियाले पार्टीको नाम सच्याउनका लागि निर्वाचन आयोग जान लागेको जानकारी दिए ।

प्रकाशित : २०७८ भाद्र ४, शुक्रबार १४:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ