निधिले मुम्बई पुगेर भेटे प्रदीप गिरिलाई, स्वास्थ्य अवस्था सामान्य


काठमाडौं : अस्वस्थ भई भारतको मुम्बईमा उपचार गराइरहनुभएका नेपाली कांग्रेसका नेता प्रदीप गिरिसँग कांग्रेस उपसभापति बिमलेन्द्र निधिले भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत नेता गिरिको देब्रेतर्फको घाँटीको नलीबाहिर सानो आकारको ट्यूमर देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका हुन् । ट्यूमर अन्त नफैलिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको निधिलाई उधृत गर्दै उनी निकट स्रोतले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि नेता गिरि एक साताअघि उपचारका लागि मुम्बई पुगेको थियो । बिहीबार मुम्बई पुगेका उपसभापति निधिले शुक्रबार बिहान अस्पताल पुगेर नेता गिरिलाई भेट गरी स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

प्रकाशित : २०७८ भाद्र ४, शुक्रबार १८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ