जनकपुर : चुरे अभियानीले तोडे अनसन, दिलिप महतोलाई शहिद घोषणा गर्ने सहमती !


टुडेखोज, जनकपुरधाम : प्रदेश सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएपछि चुरे अभियानीद्वय रानी राय र अमन यादव आमरण अनसन तोडेका छन् ।

प्रदेश २ सरकारको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले माग पुरा गर्न/गराउन ७ बुँदैं लिखित सम्झौता गरेपछि उनीहरु अनसन तोडेका हुन् । अनसन तोड्न दुबै अभियानीलाई मन्त्री यादवले फ्रुटी खुवाएका थिए ।

मन्त्री यादवले माग सम्बोधनका लागि सात दिनभित्र छानविन समिति गठन गर्ने र सो समितिले २१ दिनभित्र प्रतिवेदन बुझाएपछि आवश्यक कारबाही अगाडी बढाउने सम्झौता गरेका छन् । सम्झौता पत्रमा मन्त्री यादव र चुरे अभियानीको तर्फबाट अभियन्ता सरोज राय हस्ताक्षर गरेका छन् ।

यस्तै क्रसर माफियाले हत्या गरेका मिथिला नगरपालिकाका दिलिप महतोलाई शहिद घोषा र उनका परिवारका एक सदस्यलाई जागिरको लागि आवश्यक पहल गर्ने सम्झौता पनि भएको चुरे अभियानी सबिता यादवले बताइन् । उनले सम्झौता कार्यान्वयण हुने विश्वास व्यक्त गरिन् ।

चुरे अभियानीद्वय यादव र रायले सिरहाको मारुती सिमेन्टले अतिक्रमण गरेको बनको जग्गा फिर्ता हुनुपर्ने, वन कार्यालय लहान, सिरहाले वृक्षारोपनको नाममा गरेको भ्रष्टाचारको छानविन हुनुपर्ने, वन कार्यालय लहान, सिरहाले चुरे अभियानीमाथि लगाएको झुठा मुद्दा खारेज गर्नुपर्ने सहितका ५ बुंदै माग राखेर साउन २८ गतेदेखि आमरण अनसन बसेका थिए ।

प्रकाशित : २०७८ भाद्र ४, शुक्रबार २०:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ