एनसेलले ग्राहकको १ अर्ब ११ करोड ठगी गरेको खुलासा


काठमाडौं : मोबाइल सेवा प्रदायक निजी कम्पनी एनसेलले भ्रम पैदा गरी गैर कानूनी रूपमा ग्राहक ठगी गरेको भन्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको छ ।

एनसेलले प्राधिकरणको निर्देशन र ऐन विपरित सेवा संचालन गरी ग्राहकसँग १ अर्ब ११ करोड रूपैयाँ ठगी गरेको भन्दै कारबाही सहित उक्त रकम क्षतिपूर्ति भराउन निर्देशन दिएको छ । यसका साथै एनसेलले गैरकानूनी काम गरेको भन्दै ५० हजार जरिवाना समेत गरेको छ ।

एनसेल आजियटा नेपालले दूरसंचार ऐन २०५३ को दफा ४७ विपरित गैरकानूनी कार्य गरेको भन्दै प्राधिकरणले कारबाही गरेको छ । साथै उक्त रकम जुन ग्राहकसँग ठगी गरेको हो सोही ग्राहकलाई क्षतिपूर्ति स्वरूप सम्बन्धित ग्राहककै मोबाइल नम्बर उक्त रकम तीन महिनाभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।

प्रकाशित : २०७८ भाद्र ४, शुक्रबार २०:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ