मौसम अपडेट : चार वटा प्रदेशमा ठूलो वर्षाको सम्‍भावना


काठमाडौं : हाल बागमती,  गण्डकी, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तरगतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यून चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको । प्रदेश १, बागमती , लुम्बिनी  र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित टूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाकानुसार राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना छ ।

प्रदेश नं १, बागमती प्रदेश,  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । L

प्रकाशित : २०७८ भाद्र ५, शनिबार ०७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ