गोलबजारमा सेनाले बाँडे ५ हजार मास्क


टुडेखोज, सिरहा : सिरहाको गोलबजारमा नेपाली सेनाले ५ हजार मास्क बांडेको छ ।

चोहर्वा गणका प्रमुख सेनानी सुमन थापाको नेतृत्वमा सर्वसधारणलाई मास्क वितरण गरिएको हो । सरकारले चलाएको ‘तपाईको मास्क खोई ?’ अभियान अन्तर्गत मास्क वितरण गरिएको प्रमुख सेनानी थापाले जानकारी दिए ।

यस अघि नेपाल र सशस्त्र प्रहरी मात्र कोरोना भाइरस विरूद्धको सचेतनाका लागि मास्क बांड्दै आएको थियो ।

प्रकाशित : २०७८ भाद्र ५, शनिबार १४:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ