मलेसियाबाट बाकसमा फर्कियो ८ मजदुरको लाश


काठमाडौं : मलेसियामा ज्यान गुमाएका थप ८ जना नेपाली कामदारको शव आज काठमाडौं ल्याइएको छ ।

ती शवसहित १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजानकारी दिएको छ ।मलेसियाका विभिन्न सहरमा काम गर्दा दुर्घटनामा परेर ज्यान गुमाएका र कतिपयको त्यही दाहसंस्कार गरिएकाले अस्तु मात्र ल्याइएको हो ।

कतिपयको भने मलेसियामा कार्यरत रहँदा कोभिड-१९ संक्रमणले मृत्यु भएकाहरु छन् । गत साउन ९ गते पनि नेपाल एयरलाइन्सको विमानले मलेसियाबाट २४ जना नेपालीको शव ल्याएको थियो ।

प्रकाशित : २०७८ भाद्र ५, शनिबार १७:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ