अभियन्ता रायद्वारा भारतबाट सिरहाका दुई र महोत्तरी एक बालकको उद्धार


जनकपुरधाम : सिरहाका दुई र महोत्तरीका एक बालकलाई सामाजिक अभियन्ता सरोज रायले भारतबाट उद्धार गर्न सफल भएका छन् ।

सिरहाको पतारीका अमर लाल दास, लहानका महादेव पासवान र महोत्तरीको सुगा भन्ने गाउँका सत्यम लाल झालाई भारतबाट उद्धार गरी नेपाल ल्याएको अभियन्ता रायले जानकारी दिए । उनका अनुसार तीनै बालक १५ वर्ष मुनीका छन् ।

उनी तीनैजना बालक लामो समयदेखी दरभंगास्थित बालगृहमा थिए । सम्बन्धित जिल्ला प्रशासन कार्यलय मार्फत बालकलाई परिवारको जिम्मा लगाउने अभियन्ता रायको भनाई छ।

प्रकाशित : २०७८ भाद्र ६, आईतवार ०६:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ