११ उपमहानगरमध्ये जनकपुरधामको सबैभन्दा बढी बेरुजु


काठमाडौं : देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै जनकपुर उपमहानगरको बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालय शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार जनकपुर उपमहानगरको बेरुजु १२.७८ प्रतिशत देखिएको हो । २ अर्ब ७८ करोड ३६ लाख लेखा परीक्षण रकमबाट सो उपमहानगरले ३५ करोड ५७ लाख रकम बेरुजु देखिएको हो ।

जनपुरपछि जीतपुर समरा उपमहानगरपालिको धेरै बेरुजु देखिएको छ । सो उपमहानगरको २ अर्ब १९ करोड ५३ लाख लेखा परीक्षण रकमबाट १७ करो ९३ लाख रकम बेरुजु देखिएको हो । जुन जम्मा लेखा परीक्षण गरिएको रकमको ८.१७ प्रतिशत हो ।

त्यसपछि कलैया उपमहानगरको ४.८० प्रतिशत, हटौँडा उपमहानगरको ४.३८ प्रतिशत, तुल्सीपुर उपमहानगरको ३.७३ प्रतिशत बेरुजु देखिएको छ । प्रतिवेदनअनुसार धरान उपमहानगरको ३.३३ प्रतिशत, ईटहरी उपमहानगरको ३.२८ प्रतिशत, घोराही उपमहानगरको २.८१ प्रतिशत बेरुजु देखिएको छ ।

त्यस्तैगरी धनगढी उपमहानगरको २.७७ प्रतिशत, नेपालगञ्ज उपमहानगरको १.५९ प्रतिशत र बुटवल उपमहानगरको १.५६ प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । – खबरहब

११ उपमहानगरको ३७ अर्ब ७४ करोड लेखा परीक्षण रकममध्ये यो वर्षको बेरुजु १ अर्ब ५२ करोड ३० लाख रहेको छ ।

त्यस्तै ११ वटै उपमहानगरको हालसम्मको बेरुजु ४ अर्ब ५ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : २०७८ भाद्र ६, आईतवार १६:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ