माओवादी : प्रदेश २ को जिम्मेवारी साहले पाए, अन्य प्रदेशमा को को ? हेर्नुस्


काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरू तोकेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ । दुई दिन बसेको बैठकले विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोक्ने निर्णय भएको बताए ।

केन्द्रीय प्रतिनिधि नभएका कतिपय जिल्लामा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको श्रेष्ठले बताए ।माओवादीले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर काम अगाडि बढेको जानकारी दिए ।

प्रदेश १ मा भने पछि जिम्मेवारी दिइने गरी हाललाई ६ वटा प्रदेशमा जिम्मेवारी बाँडफाँट गरिएको छ ।
प्रदेश २ : गणेश साह
वागमती : हितमान शाक्य
गण्डकी : हितराज पाण्डे
लुम्बिनी : चक्रपाणी खनाल
कर्णाली : शक्तिबहादुर बस्नेत
सुदूरपश्चिम : खगराज भट्ट

प्रकाशित : २०७८ भाद्र ६, आईतवार १८:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ