सिरहामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु


सिरहा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका ६ मा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

स १० प ४२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तत्काल सनाखत हुन नसकेको अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पैदल हिँडिरहेका ती किशोरलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ भाद्र ६, आईतवार २०:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ