तीन प्रदेशमा ‘भारी वर्षा’को सम्भावना


काठमाडौं : मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा झरी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, वाग्मती, गण्डकी, प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । आउने मंगलबारसम्म नै देशका केही स्थानमा वर्षाको सम्भाबना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आह्वान गरेका छन् ।

प्रकाशित : २०७८ भाद्र ७, सोमबार ०७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ