माधव नेपाल पार्टी दर्ता नगराए सबै कारबाही फिर्ता हुन्छ : केपी ओली


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ पार्टी दर्ता गर्ने निर्णयबाट पछि हटे अहिलेसम्मका सबै कारबाही फिर्ता लिने बताएका छन् ।

एमालेको कार्यदलमा सहभागी सदस्यहरुसँग निजी निवास बालकोटमा भएको छलफलपछि अध्यक्ष ओलीले आफू नेपालसँग मिलेर जान तयार रहेको बताएका हुन् । ‘कारबाहीका कुरा प्राविधिक मात्रै हुन्, मुख्य कुरा मिल्ने भन्ने हो’, ओलीले कार्यदलका नेताहरुसँग भने ।

उनले थपे, ‘माधव नेपालले नयाँ पार्टीबाट फिर्ता गर्ने निर्णयले अहिलेसम्मका सबै कारबाही फिर्ता हुनेछन् । पार्टी पनि केन्द्रदेखि तलसम्म २०७५ जेठ २ को अवस्थामा क्रियाशील हुनेछ ।’

बैठकमा सहभागी नेता योगेश भट्टराईका अनुसार ओली १० बुँदे सहमति कार्यान्वयन गर्न तयार भएका छन् ।

प्रकाशित : २०७८ भाद्र ७, सोमबार १५:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ