माधव नेपाल पक्षका नेताहरू राति किन पुगे चन्द्रागिरि रिसोर्ट ?


काठमाडौं : माधव नेपाल पक्षका नेताहरू चन्द्रागिरि रिसोर्टमा पुगेका छन् । नयाँ पार्टी गठनको प्रक्रियामा रहेका माधव नेपाल पक्षका नेताहरूलाई सोमवार राति चन्द्रागिरिमै राख्ने तयारी गरिएको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको लागि निर्वाचन आयोगले माधव नेपाल पक्षका नेताहरूलाई सनाखतको लागि बोलाएको दुई दिन अगाडि नै नेताहरूलाई चन्द्रागिरिमा लगेर राखिएको हो । माधव नेपाल निकट एक नेताका अनुसार रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल हुनेछ ।

निर्वाचन आयोगले भदौ ९ गते सनाखतको लागि बोलाएको छ । केन्द्रीय कमिटीको बैठक भएकाले चन्द्रागिरि आएको माधव नेपाल निकट नेता विरोध खतिवडाले बताए । चन्द्रागिरिमा बस्ने वा फर्कने भन्ने विषय बैठक कति लामो समयसम्म चल्छ भन्ने कुरामा निर्भर हुने उनको भनाइ छ ।

तर, नेपाल निकट केन्द्रीय सदस्य र सांसदहरूलाई राख्नको लागि चन्द्रागिरि हिल्स रिसोर्टमा करीब ५० जना बस्ने गरी बुकिङ गरिएको बताइएको छ ।

प्रकाशित : २०७८ भाद्र ७, सोमबार १९:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ