वीरगन्जमा मास्क नलगाए २ सय रुपैयाँ जरिवाना !


वीरगन्ज : पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले मास्क नलगाउने सर्वसाधारणलाई २ सय रुपैया जरिवाना गरिने चेतावनी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयद्वारा वीरगन्जमा आयोजित जनचेतनामुलक र्यालीलाई सम्बोधन गर्दै प्रजिअ घिमिरेले यस्तो चेतावनी दिए । उनले भने, ‘अब उप्रान्त कोरोना सम्बन्धित मापदण्ड उल्लंघन गरि मास्क नलगाउने जो कोहीलाई पनि कारवाही स्वरुप २ सय रुपैयाँ जरिवाना लाग्छ ।’

विगत ४ महिनादेखि नेपाल प्रहरीले संचालन गरेको ‘तपाईको मास्क खोई’ अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमा वीरगंजमा कोरोना भाइरस संक्रमण न्यून मात्रै भएकोले सामाजिक दुरी लगायत स्वास्थ्य मापदण्डका नियमहरु पालना नगरे पुनः संक्रमण फैलिन सक्ने सम्भावना रहेकोले स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागु गराउनुपर्ने प्रजिअ घिमिरेले बताए ।

केही दिनयता वीरगंजबाट कोरोना भाइरस अन्त्य नै भइसकेको भन्ने यहाँका नागरिकहरुलाई लागि रहेकोले मास्क नलगाउनुका साथै निर्धक्कका साथ भीडभाडमा जानु तथा स्वास्थ्य मापदण्डलाई पालना गर्नमा ढिलाई गरेको पनि उनको भनाइ छ ।

प्रकाशित : २०७८ भाद्र ८, मंगलवार ०९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ