धनुषामा ससुरा- बुहारीको लाश झाडीमा गाडिएकाे अवस्थामा भेटियो


जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिकामा वडा नम्बर ५ ललियामा ससुरा र बुहारीको हत्या गरेर जमिनमुनि गाडिएकाे अवस्थामा शव फेला परेको

स्थानीय चेता भन्ने ५५ वर्षीय रामवृक्ष मण्डल र उनकी बुहारी २१ वर्षीया अमृता मण्डलको शव गाडिएकाे अवस्थामा फेला परेकाे हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार अहिले शव उत्खननकाे कार्य भइरहेको छ ।

मृतक दुवै जना बेपत्ता रहेको गाउँलेहरुले थाहा पाएपछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा फेला परेको हो । प्रहरीले उनीहरुको हत्यामा संलग्न रहेको आशंकामा मृतक महिलाका पति ३० वर्षीय भागेश्वर मण्डललाई पक्राउ गरेकाे छ ।

प्रकाशित : २०७८ भाद्र ८, मंगलवार १०:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ