माधव नेपाल र महन्थ ठाकुरले आजै दल दर्ताको प्रमाण-पत्र पाउने


काठमाण्डौं : निर्वाचन आयोगमा आज दुईवटा दल दर्ता हुँदै छन् । माधव नेपाल र महन्थ ठाकुरको दल अयोगले आज बुधबार दर्ता गर्ने तयारी गरेको हो ।

निर्वाचन आयोग उच्च स्रोतका अनुसार आयोगले सनाखतसहित आवश्यक सबै प्रक्रिया बुधबार नै पु¥याउने र दल दर्ताको निर्णय गर्ने भएको हो । आयोग सचिवालयले दल दर्ताको काम अगाडि बढाइसकेको र दर्ताको निर्णय पनि बुधबार नै गर्ने आयोग स्रोतले जनाएको छ ।

नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पुर्याएर आयोगले बुधबार नै दर्ता गर्ने तयारी गरेको हो ।

आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिँदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई बुधबार ११ बजेबाट २ बजेसम्म सनाखतका लागि बोलाइएको जनाएको छ ।

आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिँदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा हाजिर हुन भनेको छ ।

प्रकाशित : २०७८ भाद्र ९, बुधबार ०८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ