श्रीमान विदेशमा, घरमा बच्चा जन्माएर ह-त्या गर्ने महिला पक्राउ


बैतडी : डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नम्वर ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको ह-त्या गरेकी हुन् ।

अवै’ध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ ह-त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले हत्या गरेको बताइएको छ ।

माधवीले नवजात शिशुको ह-त्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ । माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

माधवी प्रहरीको नियन्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका छन् । रासस

प्रकाशित : २०७८ भाद्र ९, बुधबार ०९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ