पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध


बुटवल : रुपन्देहीको देवदहस्थित घोडाहा खोलाको पक्की पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ ।

लगातारको वर्षा र नदीमा आएको बाढीका कारण पुल भासिएको हो । पुल भासिएपछि ट्राफिक प्रहरीले सुरक्षा खतरा भन्दै राजमार्गमा गाडी आवत–जावतमा रोक लगाएको छ । त्यहाँ ठूलो संख्यामा सवारी साधनहरु अलपत्र परेको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार वैकल्पिक व्यवस्था नभएसम्म राजमार्गमा सवारी आवत–जावत बन्द रहनेछ ।

प्रकाशित : २०७८ भाद्र ११, शुक्रबार ०८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ