महोत्तरीमा रातो नदीको बाढीले तटबन्ध बगायो, सयौं घर डुबानमा


टुडेखोज, जनकपुरधाम । महोत्तरीको रातो नदीमा आएको बाढीले ठाउँ ठाउँमा तटबन्ध भत्काएपछि बलवा नगरपालिकाको सयौं घर डुबानमा परेको छ ।

बलवा नगरपालिका ४, ११ र १ वडाका २ सयभन्दा बढी घर डुबानमा परेको मेयर बिनोद कुमार यादवले जानकारी दिए । उनले बाढी गाउँ पसेपछि प्रहरीलाई जानकारी गराएको र आवश्यक परे पीडितहरुलाई सुरक्षित स्थानमा सारिने जानकारी दिए ।

बाढीले गाउँ नै डुबानमा परेपछि सुरक्षाकर्मी परिचालन भएका छन् । घरमै बाढीको पानी जमेपछि खाना पकाउने अवस्था समेत नरहेको र उनीहरु भोकभोकै भएको बताइएको छ ।

प्रकाशित : २०७८ भाद्र ११, शुक्रबार १०:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ