जनकपुरमा जसपाको अभिमुखीकरण कार्यक्रम सुरु


जनकपुर : जनता समाजवादी पार्टी (जसपा)ले सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार प्रदेश २ अन्तर्गत जनकपुरमा शीर्ष नेतृत्व सहभागी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

शुक्रबार दिउँसो जनकपुरको उद्योग वाणिज्य संघको सभाहलमा सुरु भएको समारोहमा जसपा पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत, कोषाध्यक्ष विजय यादव, जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह लगायतको सहभागिता रहेको छ ।

पार्टी सुदृढीकरण, संगठन विस्तार एवं जनजागरण (सुज) अभियान आज जनकपुरमा आयोजित प्रदेश स्तरीय कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका पार्टी अगुवा नेतृत्वको सहभागिता छ ।

आगामी निर्वाचनमा पार्टीलाई अझ सशक्त र बलियो बनाई मुलुकको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्यले यो अभियान थालिएको नेताहरुले बताएका छन् ।

प्रकाशित : २०७८ भाद्र ११, शुक्रबार १५:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ