नवलपरासीमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक बेपत्ता


बुटवल : नवलपरासीमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा रामग्राम नगरपालिका-१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीपको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय परासीले बाढीले दुईको मृत्युसँगै एक जना बेपत्ता भएको पनि जनाएको छ । बेपत्ता हुनेमा सुनवल नगरपालिका १४ की एलिसा तामाङ रहेकी छन् ।

मृत्यु हुने बुवा विनोद र छोरा प्रदीपलाई घरमा पसेको बाढीले बगाएको र उनीहरुको डुबेर मृत्यु भएको जनाइएको छ । दुवैको शब बाढीले बगाएर खेतमा पुर्याएको थियो । तर, बाढीले बेपत्ता भएका तामाङको शव भने अहिलेसम्म फेला नपारिएको र खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।

बिहीबार रातिदेखि परेको अविरल वर्षाले नवलपरासी सदरमुकाम परासी बजार डुबानमा परेको छ भने सयौँ घर डुबानमा परेको छ ।

प्रकाशित : २०७८ भाद्र ११, शुक्रबार १६:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ