जसपाको विभाजन होइन्, शुद्धिकरण भएको हो : उपेन्द्र यादव


जनकपुरधाम : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा विभाजन नभई शुद्धिकरण भएको बताउनु भएको छ ।

पार्टी आज जनकपुरधाममा आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई संशोधन गर्नु हुँदै अध्यक्ष यादवले केही व्यक्ति पार्टी छोडदैमा विभाजन भएको भन्न नमिल्ने दावी गर्नुभयो । उहाँले लोभी पापीहरुको झुण्ड गए पछि बरु जसपा शुद्धिकरण भएको तर्क दिनुभयो ।
पार्टीको निर्णय नमान्ने, आफैले गरेको सहमति तोडने, स्वविवेकले निर्णय गर्न नसक्नेहरुको झुण्डले देश र मधेशको भलो गर्न नसक्ने तर्क गर्नु हुँदै अध्यक्ष यादवले ८० प्रतिशत नेता कार्यकर्ता जसपामै रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष यादवले आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई समाप्त गर्दै मुलुकमा प्रतिगमन लाद्न चाहने केपी ओलीको मतियार बनेकाहरु बाट जनताले हिसाव लिने बताउनु भयो ।

प्रकाशित : २०७८ भाद्र ११, शुक्रबार १९:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ