गाउँपालिका अध्यक्ष यादवको निधन


बाँके : जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको शुक्रबार राति उपचारको क्रममा निधन भएको छ ।

रक्तचाप कम भएपछि शुक्रबार बेलुका ६ बजे अस्पताल भर्ना भएका अध्यक्ष यादवको उपचारको क्रममा राति नै निधन भएको हो । अध्यक्ष यादवको शव बिहानै घर लगिएको गाउँपालिकाका राजनीतिक सल्लाहकार किशोर थापाले जानकारी दिए।

यादव नेकपा एमालेका तर्फबाट गाउपालिका अध्यक्षमा चुनाव जितेका थिए ।

प्रकाशित : २०७८ भाद्र १२, शनिबार ०७:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ