मोटरसाइकल चोरी गर्दै गरेका यि चोर पक्राउ परे


टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा पछिल्लो समय मोटरसाइकल चोरीको घटना बढेको छ । आज पर्साको वीरगन्ज महानगरपालिका १३ मा एक चोर मोटरसाइकल चोरी गर्ने बेलामै रंगेहात पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १४ का २८ वर्षीय राधे पटेल छन् । वडा नम्बर १३ तेजारथ टोलका शुशिल अधिकारीको घरमा पार्किङ गरी राखेको ना २२ प ५७५० नम्बरको पल्सर मोटरसाइकल चोरी गर्ने बेलामा पटेल पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ ।

मोटरसाइकलको लक खोली चोरी गरी भाग्दै गरेको अवस्थामा मोटरसाइकल धनीको सहयोगमा वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले पक्राउ गरेको बताइएको छ । उनीमाथि प्रहरीले कारबाही अगाडी बढाएको छ ।

प्रकाशित : २०७८ भाद्र १२, शनिबार १९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ