धनुषामा माछा मार्ने क्रममा डुबेर सदाको मृत्यू


जनकपुरधाम : धनुषामा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । ह्युम पाइपबाट पानी निकास हुने ठाउँमा बनेको खाल्डोमा माछा मार्ने क्रममा सबैला नगरपालिका १२ स्थित बरकुरबा बस्ने ३० वर्षीय भगवानबाबु सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा नम्बर २ स्थित वीरेन्द्रबजार महिनाथपुर सडक खण्डमा पानी निकासका लागि जडान गरिएको ह्युम पाइप छेउमा बनेको खाल्डोबाट शुक्रवार बेलुकी ५ बजेतिर उनको शव फेला परेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।

सदा बिहानै त्यहाँ माछा मार्न गएको र बेलुकीसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा उनको शव फेला परेको उनले बताए । सदालाई छारे रोग लागेको र बेहोस भइ पानीमा डुबेको हुनसक्ने परिवारजनले आशंका गरेको प्रहरी निरीक्षक सिग्देलले बताए ।

पोष्टमार्टमका लागि अहिले उनको शव प्रादेशक अस्पताल जनकपुरमा राखिएको छ ।

प्रकाशित : २०७८ भाद्र १३, आईतवार ०७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ